काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रसुवाबाट नेपाली काँग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । उनी १० हजार ६सय ५६मत प्राप्त गरी निर्वाचित भएका हुन । उनले मतगणनाको सुरुदेखि अग्रता कायम गरेका थिए ।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वसन्त भट्टले ५ हजार ५ सय ७१ मत प्राप्त गरे । रसुवामा ६०.६१ प्रतिशत अर्थात् २५ हजार १ सय ३६ मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा २५ हजार १ सय ३६ जनाले मतदान गरेका थिए।
रसुवा जिल्लामा कुल मतदाता ४१ हजार ४ सय ७१ जना रहेका छन् । उनको यो तेस्रो जित हो । उनी रसुवा जिल्लाबाट २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।




















