इस्लाम धर्मावलम्बीहरुको पर्व इदका अवसरमा शनिबार सार्वजनिक बिदा
काठमाडौं । सरकारले शनिबार (भोलि) सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव आनन्द काफ्लेको हस्ताक्षरमा शुक्रबार जारी सूचनामा शनिबार इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र) अवसरमा सार्वजनिक विदा दिइएको जनाइएको छ । २०८१ फागुन १५