काठमाडौँ । भक्तपुरको नगरकोटमा दुई जना मोटरसाइकल चालकलाई कुटपिट गरेको आरोपमा कार चालकलाई पक्राउ गरिएको छ।
बिहीबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कार चालक गणेशबहादुर तामाङलाई पक्राउ गरेको हो। भक्तपुरको चागुनारायण नगरपालिका-६, नगरकोटका ४१ वर्षीय तामाङलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
सडकमा दुईवटा मोटरसाइल र कार विपरित दिशाबाट हिंडिरहेको अवस्थामा कारमा सवार तामाङले ओभरटेक गर्दा झण्डै मोटरसाइकल चालकलाई छोएको थियो । सो क्रममा वादविवाद भएको थियो ।
कार चालक तामाङले दुई जना मोटरसाइकल चालकलाई कुटपिट गरेको भिडिओ मोटरसाइकल चालकहरुले सार्वजनिक गरेका थियो । मोटरसाइकल चालकलाई कुटपिट गरेको भिडियो भाइरल भएपछि कार चालकलाई तत्काल कारबाही गर्न सामाजिक सञ्जालमार्फत दबाब सिर्जना भएको थियो।



















