थप उपचारका लागि कांग्रेस पूर्वसभापति देउवा हङकङ प्रस्थान
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ प्रस्थान गरेका छन् । प्रतिनिधि सभाको पूर्वसन्ध्यामा सिंगापुरतिर हिँडेका उनी नियमित स्वास्थ्य परीक्षण तथा उपचार सम्पन्न गरेपछि उनी थप उपचारका साथै पारिवारिक कार्यक्रममा सहभागी हुन हङकङ गएका हुन् ।