कानुनको सफल कार्यान्वयनमा नै राज्य व्यवस्था सही ढङ्गले सञ्चालन हुन्छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन भएको बताएका छन् । मुलुकी संहिता दिवस, २०८० को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । ‘‘देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन नै हो।