काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा पक्राउ गरेका ७ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता र राहदानी भेटिएको छ ।
सीआईबीले चिनियाँ नागरिकसँग नेपाली नागरिकता र राहदानी पनि भेटिएको जनाएको छ ।
साउन ३ गते बरामद भएको साढे ६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसहित सातजना चिनियाँसँग नेपाली नागरिकता र केहीसँग राहदानी पनि भेटिएको हो ।
सीआईबीका अनुसार टाइन मी, विङ टङ, डिङ से पा, गाउ हुई, झोङ सेक चिन, ताङ पिङ र लिन चुवान पक्राउ परेका छन् । सीआइबीले उनीहरुलाई पटक पटक गरेर पक्राउ गरेको हो ।
सीआइबी स्रोतका अनुसार उनीहरु सातैजनाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नेपाली नागरिकता र राहदानी बनाएको अनुसन्धानबाट खुलेको छ।
हङकङ हुँदै आएको सुन तस्करी प्रकरणमा हालसम्म २३ जना पक्राउ परेका छन् ।



















