काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुईजना रिहा भएका छन् ।
तत्कालीन मालपोत अधिकृत धर्मप्रसाद गौतम र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे रिहा भएका हुन् ।
उनीहरुलाई उमेर र स्वास्थ्यको कारण देखाएर रिहा गर्न आदेश दिएको हो । मुद्दा बुझाउँदा उनीहरुलाई सँगै उपस्थित गराएर मुद्दा बझाउन अदालतले भनेकाे छ ।
सीआईबीको हिरासतमा रहेका अन्य आरोपितलाई भने जिल्ला अदालतले ५ दिन थप हिरासतमा राख्न अनुमति दिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ललिता निवास जग्गा अनियमितताका बारेमा अनुसन्धान गरिरहेको छ ।




















