चितवन । भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा शव बोकेको गाडी सहित कलेज बस, स्कुटर, मोटरसाइकल, बोलेरो, मोटरसाइकललगायतका साधन एक आपसमा ठोक्किएका छन् ।
अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, बलोरो र मोटरसाइकल एक–आपसमा ठोक्किँदा १० जना घाइते भएको र सो संख्या अझै बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरी भर्खर घटनास्थलमा पुगेका कारण क्षतिको यकिन भइसकेको छैन ।



















