महँगो ब्राण्डका नक्कली मदिरा बनाउने कारखाना फेला, ९ जना पक्राउ
काठमाडौं । राजधानीका विभिन्न ठाउँमा नक्कली मदिरा बनाउने कारखाना भेटिएको छ । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार काठमाडौंको बौद्धबाट नक्कली मदिरा वरामद गरेको छ भने नक्कली मदिरा उत्पादन र बिक्री वितरणमा संलग्न गिरोहका ९ जनालाई पक्राउ गरेको