काठमाडौं । आज तराईमा हुस्सु र कुहिरो लागेको छ भने उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा भने हल्का हिमपातको सम्भावना रहेको छ।
हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सु र कुहिरोका कारण चिसो बढ्ने भएकोले सतर्क रहन महाशाखाले सचेत गराएको छ ।




















