सिंगो हिउँद पानी नपरी बित्नै लाग्दा किसान निराश
महोत्तरी । यसपालि सिंगो हिउँद पानी नपरी बित्नै लाग्दा किसान निरास छन्। वसन्तपञ्चमी पर्व मनाइसक्दासम्म पानी पर्ने चालचुल नदेखेपछि महोत्तरीका किसान अहिले अपेक्षित हिउँदेबाली नहुने चिन्ताले पिरोलिएका छन्। ‘हिउँद पानी नपरी बित्यो,’ बर्दिवास–९ टोकीटोलका ६० वर्षीय किसान रामचन्द्र थापा मगर