नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आजदेखि
काठमाडौँ । नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आज सुरु हुँदै छ । लिगको पहिलो खेलमा नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।