विराट गोल्डकपमा विराटनगर सेमिफाइनलमा
विराटनगर । सातौँ संस्करणको विराट गोल्डकपमा आयोजक विराटनगर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ । सहिद रंगशालामा भएको खेलमा साविक विजेता नेपाल पुलिस क्लबलाई १-० गोलले हराउँदै विराटनगरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। निर्धारित समयसम्म दुवै टोलीले गोलरहित खेल खेलेका थिए।