काठमाडौँ । क्रिकेटमा नेपालले छलाङ मारेको छ । आज भएको खेलमा यूएईलाई हराउँदै नेपाल यू१९ क्रिकेट विश्वकपमा छनोट भएको छ । घरेलु टोली युएईलाई ७ रनले पराजित गर्दै नेपाली यू१९ टोली आगामी वर्ष श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो ।
यो जितसँगै नेपालले सन् २०१९ मा युएईसँगको हारको बदला लिएको छ। सन् २०१९ मा भएको छनोट खेलमा नेपाल युएईसँग डकवर्थ लेविस मेथडको आधारमा १ रनले पराजित हुँदा विश्वकप खेल्नबाट चुकेको थियो ।
नेपालले दिएको १९२ रनको सामान्य लक्ष्य पछ्याएको युएई ४८ ओभरमा १८४ रन बनाउँदा अलआउट भयो । हारको नजिक पुगेको नेपालका लागि दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिएपछि नेपालको जित पक्का भएको थियो ।