काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलकुद क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षमा बढी बजेट दिने बताएका छन्।
च्यासल रंगशालाको उद्घाटन गर्दै उनले देशभरि खेलकुदका पूर्वधारहरू बनाउने नीति अवलम्बन गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए।
उनले यसअघि खेलकुद क्षेत्रमा निकै कम बजेट बिनियोजन हुँदै आएको बताए। ‘खेलकुद क्षेत्रमा निकै कम बजेट बिनियोजन हुँदै आएको छ । आगामी बजेटमा पहिलेको भन्दा बढी रकम बिनियोजन गर्ने प्रतिबद्धता जनाउन चाहन्छु,’ उनले भने ।
उनले खेल क्षेत्रलाई राजनीतिबाट टाढै राखेर विकास गर्नुपर्ने बताए। उनले आफू प्रधानमन्त्री हुँदा दशरथ रंगशालालाई व्यवस्थित बनाउन चीन सरकारसँग पहल गरेको र सोहीअनुरुप पुननिर्माण भएको बताए ।