अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिनायताकै सबैभन्दा कम
वासिङ्टन । संयुक्त राज्य अमेरिकामा पाँच महिनापछि पहिलो पटक कोभिड–१९ बाट दैनिक संक्रमितको संख्या ४० हजारभन्दा कम पाइएको छ । खोप अभियान तीव्र बनाइएको अमेरिकामा अर्को चरणको संक्रमण फैलिने आशंका भइरहेको अवस्थामा नयाँ विवरणले अमेरिकी अधिकारीहरुलाई खुशी तुल्याएको छ ।