अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको काइसार र आल्मार जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध सेनाको लडाकु विमानद्धारा गरिएको एक कारबाहीमा परी कम्तीमा २३ तालिबान लडाकु मारिएका उत्तरी क्षेत्रका सेनाका प्रवक्ता मोहमद हानीफ रेजाई बिहीबार बताउनु भएको छ ।
यस कारबाहीका क्रममा तालिबानतर्फका अन्य सात लडाकु घाइते भएका छन् । फर्याब प्रान्तमा सक्रिय रहेका तालिवान लडाकु समूहले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।