म्यानमारमा प्रहरीको गोली लागेर १८ जना प्रदर्शनकारीको मृत्यु
काठमाडौँ । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले कम्तीमा १८ जना मारिएको म्यान्मारको घटनालाईअहिलेसम्मकै घातक भनेको छ । प्रहरीले प्रदर्शनकारीमाथि आइतवार गोली चलाउँदा उक्त