कर्नाटकको मुख्यमन्त्रीमा सिद्धारमैयाको शपथ
काठमाडौँ । कर्नाटकको मुख्यमन्त्रीका रूपमा सिद्धारमैयाले शपथ लिएका छन् । सिद्धारमैयाले शनिबार कर्नाटकको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ लिएका हुन् । साथै कर्नाटकको उपमुख्यमन्त्रीका रूपमा डीके शिवकुमारले शपथ लिएका छन् । मुख्यमन्त्री, उपमुख्यमन्त्री र मन्त्रीहरूले बेंगलुरुको कांतिरवा रंगशालामा शपथ लिएका हुन्