अष्ट्रेलियामा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त, चालक दलका चार सदस्य बेपत्ता
काठमाडौँ । अष्ट्रेलियाको एक सैनिक हेलिकप्टर क्वीन्सल्याण्डको तटीय क्षेत्रमा ह्यामिल्टन टापुमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा चालक दलका चार सदस्य बेपत्ता रहेको बताइएको छ । जानकारीका अनुसार सेनाको हेलिकप्टर अमेरिकासँगको संयुक्त सैन्य अभ्यासमा सहभागी भइरहेका बेला दुर्घटना भएको हो ।