शक्तिशाली बन्दै सी जिनपिङ, चीनको राष्ट्रपतिमा तेस्रोपटक चयन
काठमाडौँ । शुक्रबार सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । माओत्सेतुङपछि उनले आफूलाई देशको सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित गरेका छन् । चीनको संसद, नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा मतदान