गाजा । इजरायल र हमासबीच जारी युद्धका क्रममा दुवै पक्षले ४ दिने युद्धविरामको घोषणा गरेका छन् । यस अवधिमा दुबै पक्षले बन्दीहरुलाई रिहा गर्ने निर्णय गरेका थिए जसअन्तर्गत हमासले ५० जना इजरायली बन्धकहरुलाई रिहा गर्न र इजरायलले ३०० प्यालेस्टिनी बन्दीहरुलाई रिहा गर्न सहमत भएको छ ।
हिजो अर्थात नोभेम्बर २५ मा हमासले प्यालेस्टिनी आक्रमणकारी इसरा जाबिसलाई बन्धक सम्झौता अन्तर्गत आज राति इजरायली जेलबाट रिहा गरिने जानकारी दिएको थियो ।
टाइम्स अफ इजरायलका अनुसार इसरा जाबिसलाई प्रहरीले जेरुसेलम बाहिर माले अदुमिम बस्ती नजिकैबाट पक्राउ गरेको थियो। उनलाई पक्राउ गर्नुअघि आफ्नो कारमा ग्याँस प्रहार गरेको आरोप लागेको थियो । त्यतिबेला उनी कारभित्रै थिइन् । आगलागीका कारण प्रहरी अधिकृत मोसे चेनको अनुहार र छाती जलेको छ भने जबिस पनि गम्भीर घाइते भएकी थिइन ।
इजरायली अधिकारीहरूका अनुसार उनी इजरायल जाँदै थिइन, जहाँ उनले आत्मघाती बम विष्फोट गर्ने योजना बनाएकी थिइन्। त्यसैले पक्राउ गरेर राखिएको हो ।
इसरा जबिसको जन्म २२ जुलाई १९८४ मा अल कुड्स (जेरुसेलम) मा भएको थियो। उनी नौ दिदीबहिनी र दाजुभाइमध्ये चौथो थिइन् । सन् २०१५ मा आगलागीका कारण उनका आठ औंला जलेकासमेत थिए । गत वर्ष जेलमा हुँदा जाबिसले नाकको शल्यक्रिया सहित आफ्नो अनुहारको शल्यक्रिया गर्न इजरायलसँग अनुमति मागेका थिइन, जुन पछि इजरायलले अस्वीकार गरेको थियो ।
प्यालेस्टाइन क्रोनिकलको समाचार अनुसार इसरा आफ्नो पति बिना नै उनी जेरुसेलम गइरहेको थियो । उनका एक मात्र छोरा मुत्तसिम पनि साथमा नै थिए । जेरुसेलम जाँदा उनले कारमा आफूसँगै लगेका सामानहरूमध्ये एउटा खाना पकाउन प्रयोग गरिने प्रोपेन ट्याङ्की थियो। जेरुसेलम जाँदा उनको गाडीको इन्जिन बिग्रियो । त्यसपछि उनको कार माले अदुमिम नजिकै रोकियो ।
यसैबीच, एक इजरायली पुलिसले उनीसँग परिचयपत्र मागे र जाँच नभएसम्म कार भित्रै बस्न आदेश दिए । त्यही क्षण उनले कारबाट बाहिर निस्कन अनुमति मागिन, जुन अस्वीकार गरियो । यति हुँदाहुँदै पनि उनले ढोका खोलेर कारबाट बाहिर निस्कने प्रयास गरिन तर अफिसरले दौडेर ढोका बन्द गरिदिए जसका कारण उनको हात कुचिएको थियो ।
उनले इजरायली अफिसरसँग बाहिर निस्कन अनुमति माग्नुको मुख्यकारण यो थियो कि कारको अगाडिको भागमा आगो लागेको थियो । तर, प्रहरीले उनको कुरा सुनेन र उनी कारभित्रै जलिन् । तर, उनलाई भने आत्माघाती बम बिष्फोटको आरोप लगाएर ८ बर्ष जेल राखियो, जो गए राती मात्रै रिहा भइन् ।

























