अमेरिकामा अत्यधिक गर्मी, तापक्रम वृद्धिको नयाँ रेकर्ड
अमेरिकामा पछिल्लो दुई सातादेखि अत्याधिक गर्मी बढेको छ । अमेरिकाको दक्षिण-पश्चिमी क्षेत्र लुको खतरनाक स्तर पुग्ने चेतावनी जारी गरिएको छ । अत्यधिक गर्मीबाट झण्डै ११ करोड अमेरिकी प्रभावित भएका छन् । फ्लोरिडादेखि क्यालिफोर्निया र वासिङ्टनसम्म पनि गर्मीको लहर चलेको छ