प्रचण्डद्वारा विपक्षी दलको बैठक आह्वान
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपक्षी दलहरूको बैठक बोलाएका छन् । प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा अघि बढ्न नसकिरहेको अवस्थामा प्रचण्डले विपक्षी दलहरूसँग छलफलका लागि यो बैठक आह्वान गरेका हुन् ।