काठमाडौँ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित संसद्का विपक्षी दलले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् ।
आज बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन् ।
भोलीदेखि सुरु हुने संसद्को अघिवेशनमा विपक्षी दलले जनताको सरोकारहरुलाई सशक्त ढंगले उठाउने र अध्यादेशका विरुद्धमा एक भएर जाने निर्णय भएको उनले बताएक छन् ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्याल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्नपा नेता ध्रुवबहादुर प्रधान, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र यादव, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी थिए ।