तेस्रो वरियता पाएका गौतमले लिए अध्यक्ष नेपालसँग शपथ
काठमाडौं, साउन ३० । नेकपा (एकीकृत समाजवादी) ले वामदेव गौतमलाई पार्टीको तेस्रो वरियतामा राख्ने निर्णय गरेको छ । पार्टीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले गौतमलाई अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरियतामा राख्ने निर्णय गरेको हो।