काठमाडौं, साउन ३० । नेकपा (एकीकृत समाजवादी) ले वामदेव गौतमलाई पार्टीको तेस्रो वरियतामा राख्ने निर्णय गरेको छ ।
पार्टीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले गौतमलाई अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरियतामा राख्ने निर्णय गरेको हो।
वरिष्ठ नेता गौतमले अध्यक्ष नेपालसँग शपथ ग्रहण गरेका छन् ।
बैठकले थप नेताहरूको जिम्मेवारीसमेत तोकेको छ। डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्य बनाइएको छ।
त्यस्तै, भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र बम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमदशेर बागवानलाई पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ।
























