काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रियसभा सदस्य एवं राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमबीच छलफल भएको छ ।
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा आज भएको भेटवार्तामा पार्टी एकताका सन्दर्भमा कुराकानी भएको बताइएको छ। यसअघि नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले गौतमलाई पार्टीमा भित्रयाउने निर्णय गरेको थियो ।
गौतम पार्टीमा आए माधव नेपाल र झलनाथ खनालपछिको वरीयता दिन अध्यक्ष नेपाल तयार भएको बताइएको छ । तर गौतमसँगै आउने पार्टी एकता अभियानका नेताहरुको व्यवस्थापनका बारेमा सहमति हुन ढिलाइ भएको बताइएको छ।