काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बनेका युवराज सफलले आफ्नो समूहमाथि सुरक्षा थ्रेट आएको दावी गरेका छन् ।
वामदेव गौतमलाई संयोजकबाट निष्कासन गर्ने निर्णय गरेपछि आफू लगायत चारजनामाथि सुरक्षा थ्रेट आएको सफलको दावी छ ।
आफूहरुलाई आएको धम्की बारे प्रधानमन्त्रीको कार्यालयलाई जानकारी गराइसकेको र आज गृहमन्त्रालय गएर निवेदन दिने उनले बताएका छन् ।
आफूलाई पार्टीको संयोजक घोषणा गरेका सफलले आफ्नो राजीनामा सचिवालय सदस्यबाट मात्रै भएको र केन्द्रीय सदस्य कायमै रहेकाले गौतमलाई कारवाही गरेको स्पष्टिकरण दिएका छन् ।