काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वामदेव गौतमबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न च्यासलस्थित पार्टी कार्यालय पुगेका गौतमले भेटपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै आफू पहिल्यै एमालेमा सक्रिय रहन इच्छुक भए पनि समूहको व्यवस्थापन नटुंगिएकाले ढिलाइ भएको बताएका छन् ।
ओलीसँग भेटेपछि उत्साहित भएका गौतमले आगामी चुनावमा ६० लाख भोट कटाउने गरी काम गर्नुपर्ने बताएका छन् । आफू पार्टीमा सलाम गर्न, सलाम खाएर बस्न आउने नभई खटेर काम गर्ने बताएका छन् ।
ओलीले गौतमलाई पार्टीमा सक्रिय भएर लाग्न आग्रह गरेको बताइएको छ । अध्यक्ष ओलीले नेताहरुसँग सल्लाह गरेर गौतमलाई जिम्मेवारी तोक्ने बताइएको छ ।
एमालेमा ७० वर्षे उमेरहद हटाउने निर्णय वामदेवकै व्यवस्थानका लागि भएको नेताहरुले बताएका छन् । तत्कालिन एमालेको उपाध्यक्ष तथा नेकपा पनि उपाध्यक्ष रहेका गौतम नेकपा विभाजनपछि पार्टीमा क्रिस्किय थिए ।