अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने, दश हजार कमिटी गठन
काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने घोषणा गरेको छ । अनेरास्ववियुले आज राजधानीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अबदेखि कुनै पनि विश्वविद्यालय तथा क्याम्पसमा तालाबन्दीका कुनै पनि कार्यक्रम नगर्ने सङ्गठनका अध्यक्ष समिक बडालले जानकारी दिएका छन्