काठमाडौँ । अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुन नसकेपछि अब मतदानबाटै नयाँ नेतृत्व चुनिने भएको छ ।
निर्वाचन कमिटीले सार्वजनिक गरेको कार्यतालिका अनुसार, बुधबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
यसअघि, नेतृत्वका लागि सर्वसम्मतिको नाम प्रस्ताव गरिएपछि असन्तुष्ट पक्षबाट नाराबाजी र होहल्ला भएको थियो। अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकालले अध्यक्षमा डा. सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना शिवाकोटी, तथा महासचिवमा दीपक धामीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरेका थिए ।
तर, ती नामहरूमा विरोध भएपछि बन्द सत्र स्थगित गरिएको थियो र निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको हो ।