काठमाडौँ । मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । उनी कात्तिक ९ गते युवा तथा खेलकुद मन्त्री भएका थिए ।
फर्जि कागजात बनाएर उनी अमेरिका भ्रमणमा जाने लागेको समाचार सार्वजनिक भएपछि विवादमा परेका थिए । अमेरिका जाने विषयमा विवाद बढेपछि उनीसँग प्रधानमन्त्री सुशीला कार्की असन्तुष्ट थिइन् ।
राजीनामा दिएको पुष्टि गर्दै गुप्ताले भनेका छन्, ‘राजीनामा बुझाइसकेके छु, आज बिदा भएकाले दर्ता हुन पाएन, भोलिसम्ममा स्वीकृत होला ।’
गुप्ता राष्ट्रिय स्वतन्त्रत पार्टी (रास्वपा)बाट सिराहा १ मा उम्मेदवार बन्ने बताइएको छ ।




















