काठमाडौं । काठमाडौं जिल्ला अदालतले लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासत बाहिर राखेर थप अनुसन्धान अघि बढाउन आदेश जारी गरेको छ।
बालबालिकासम्बन्धी कसुरमा पक्राउ परेकी शर्मामाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको थियो ।
उक्त प्रकरणमा उनलाई मुद्दा चलाउन नपर्ने रायसहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो ।
यसअघि नै मुद्दा चलाउन नपर्ने निर्णय भइसकेको आधारमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले शर्मालाई हिरासतमुक्त गरी मुद्दाको अनुसन्धान जारी राख्न आदेश दिएको हो ।




















