काठमाडौं । सरकारले एसियाली विकास बैंक र विश्व बैंकबाट करिब साढे १८ करोड अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले २२ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए।
निर्णयअनुसार डिजिटल ट्रान्सफरमेसन परियोजनाका लागि अर्थ मन्त्रालयमार्फत एडीबीबाट ४० मिलियन अमेरिकी डलर र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर ऋण लिइनेछ।
यसैगरी दिगो तथा समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट थप ९५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको मन्त्री पोखरेलले बताए।




















