गुल्मी । गुल्मीमा पिकअप बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
जिल्लाको गुल्मी दरबार गाउँपालिका-४ वीरवास मिसुकामा लु १ च ४९०६ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुर्घटनामा स्थानीय ३५ वर्षीया कृष्णा ढेंगा र ४० वर्षीया मीना सनामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते भएका उनीहरूको श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइते हुनेहरूमा जमुना ढेंगा, सुमित्रा ढेंगा, पार्वती ढेंगा, खगी ढेंगा, पम्फा ढेंगा, कुमारी पुन, निर्मला ढेंगा, चाया ढेंगा, माया ढेंगा, जमुना ढेंगा र नैना ढेंगा रहेका छन् ।
घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पा पठाइएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार जिप ब्रेक फेल भई स्थानीय घरमा ठोकिँदा दुर्घटना भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















