काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले चैत २३ गतेदेखि लागू हुने गरी सरकारी कार्यालय तथा सबै शैक्षिक संस्थामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेल ले जानकारी दिएका छन्।
उनका अनुसार शैक्षिक संस्थाबाहेक अन्य सरकारी कार्यालयहरूको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिनेछ।




















