काभ्रे । काभ्रेको बनेपा नगरपालिका–६ स्थित बुडोलमा दुई वटा यात्रुवाहक बस एकआपसमा ठोक्किँदा २० जना घाइते भएका छन्।
बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको र धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पताल पुर्याइएको छ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डीएसपी राकेश थापाका अनुसार घाइतेमध्ये १६ जनाको शिर मेमोरियल अस्पताल र चार जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको कारण र अन्य विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।




















