काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘छ माया छपक्कै २’ को शीर्ष गीत सार्वजनिक गरिएको छ। निर्माण पक्षले गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरेको हो।
मल्टि–स्टारर शैलीमा तयार पारिएको गीतको भिडियोमा दीपकराज गिरी, केकी अधिकारीसहित फिल्मका विभिन्न कलाकारलाई देख्न सकिन्छ। फिल्मको कथाअनुसार मुख्य महिला पात्र गर्भवती भएपछि उनलाई शुभकामना दिन आयोजना गरिएको समारोहको परिवेशमा गीतको भिडियो तयार पारिएको छ।
गीतमा कार्म, रिहान गिरी, रजनी केसी, मेक्सम गौडेल, जेसिका पोखरेललगायत कलाकार पनि फिचर्ड छन्। उत्सवमय वातावरण प्रस्तुत गरिएको भिडियोमा आकर्षक नृत्य संयोजन देख्न सकिन्छ।
करण परियार, अभि सुनार, विशाल निरौला र रश्मी विश्वकर्माको स्वर रहेको गीतमा अभि सुनारको संगीत निर्देशन छ।
दीपेन्द्र लामाको निर्देशन तथा रोहित अधिकारीको निर्माण रहेको फिल्म ‘छ माया छपक्कै २’ दशैंको फूलपाती अर्थात् असोज ३१ गते देखि प्रदर्शनमा आउने तयारीमा छ।




















