काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र दुईवटा शव फेला परेका छन्।
रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार खोजी तथा उद्धारका क्रममा करिब आधा घण्टाअघि दुईवटा शव फेला परेका हुन्।
उनका अनुसार सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ।
गत भदौ १० गते आएको विनाशकारी भोटेकोसी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मानिस फसेको आशंकामा खोजी तथा उद्धार कार्य जारी छ।
चिलिमे आयोजनाको सुरुङमा भेटिएका शवको पहिचान तथा थप विवरण आउन बाँकी छ।




















