काठमाडौं । बलिउड अभिनेता सोनु सूद भोटेकोसी बाढी प्रभावितलाई सहयोग गर्न राहत सामग्रीसहित नेपाल आएका छन्।
सूद मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। उनी बाढी प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री लिएर नेपाल आएको जनाइएको छ।
भोटेकोसीमा विनाशकारी बाढी आएलगत्तै सूदले सामाजिक सञ्जालमार्फत नेपालप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
उनले फेसबुकमार्फत नेपाललाई एक्लो नछोड्ने सन्देश दिँदै खाना, आश्रय तथा पुनर्निर्माणका लागि आवश्यक सहयोग लिएर आउने बताएका थिए।
‘नेपाल, तिमी एक्लो छैनौ। हामी खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक शक्ति बोकेर आउँदैछौं,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए।




















