काठमाडौं । रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ।
नेपाल प्रहरीका अनुसार विभिन्न जिल्लामा शव फेला पर्ने क्रम जारी छ। सबैभन्दा धेरै चितवनमा १०८ जनाको शव फेला परेको छ। यस्तै पूर्वी नवलपरासीमा ६२, पश्चिम नवलपरासीमा १५ र धादिङमा २७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा नौ तथा रसुवामा १७ जनाको शव फेला परेको छ।
बाढीमा घाइते भएका ५२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ। त्रिवि शिक्षण अस्पतालमा २६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा २० जना, वीर अस्पतालमा दुई जना तथा नर्भिक अस्पतालमा दुई जना घाइते उपचाररत छन्।
त्यस्तै मनमोहन अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा एक–एक जनाको उपचार भइरहेको छ।
उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएकामध्ये १४ जना घाइते उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेको छ भने मृतक तथा प्रभावितको विवरण संकलन गर्ने कामसमेत भइरहेको छ।




















