काठमाडौं । रसुवाको टिमुरेबाट १०५ जनालाई सकुशल उद्धार गरिएको छ।
नेपाली सेनाले आज बिहान सञ्चालन गरेको उद्धार अभियानमार्फत टिमुरे क्षेत्रमा रहेका १०५ जनालाई सुरक्षित स्थानमा सार्न सफल भएको हो। उद्धार गरिएकामध्ये ६ जना विदेशी पर्यटक रहेका छन्।
यसैक्रममा मैलुङ हाइड्रोपावरको ३ ए टनेलमा रहेका सात जना नेपाली नागरिकलाई समेत सुरक्षित रूपमा उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार उद्धार तथा इभाकुएसन अभियान प्रभावित क्षेत्रमा जारी रहेको छ।



















