काठमाडौं । एसवाई इन्टरटेन्टमेन्ट प्रालिको आयोजनामा फेस अफ एसवाई २०८२ (व्राण्ड एम्वेसडर हन्ट) मा मलैसा आचार्य छनौट भएकी छिन् । एस वाई प्यानल, एस वाई कष्टमेटिक, एस वाई बजार र एस वाई युपिभिसीको प्रयोजनमा शुक्रबार राजधानीको वानेश्वरस्थित एभरेष्ट होटलमा गरेको ग्रायण्ड फिनािलयबाट करिव गरी कुल दुई करोड वढी राशी पुरस्कारको व्यवस्था भएको यो नेपालकै पहिलो ठूलो व्राण्ड एम्वेसडर हन्ट भएको हो ।
एसवाई प्यानल नेपालका निर्देशक विमलराज गोसाईले नेपालकै सवैभन्दा धेरै पुरस्कार पाउने भनिएको मिस नेपालमा २०।२५ लाखको पुरस्कार व्यवस्था भएको तर आफूहरुले गरेको प्रतियोगितामा कुल मिलाएर दुई करोड बढी रहेको जानकारी गराए । बजारमा चलेका सेलिब्रेटीलाई नभई देशभरका गाउँंघरमा लुकेर बसेको प्रतिभालाई पहिचान गरी भुइँमान्छेलाई ब्राण्ड एम्वेसडर बनाउन खोजिएको यो नेपालकै पहिलो पाइला भएको दावी उनले गरे । साथै उनले दुई करोड राशी बराबरको पुरस्कारको व्यवस्था भएको यो नेपालकै पहिलो ठुलो हन्ट भएको पनि दावी गरे ।
कार्यक्रम अन्तर्गत कम्पनीको व्रान्ड एम्वेसडरहरु छनौट गरिएको हो । कार्यक्रमबाट प्रतिस्पर्धामार्फत् कम्पनीका लागि मुख्य तीन जना ब्राण्ड एम्वेसडरहरु छनौट गरिएका थिए । छनौट भएका सवैजनालाई एस वाई ग्रुप नेपालका प्रबन्ध निर्देशक (एमडी) छेडोग इलले पुरस्कार वितरण गरे । यस योजना अनुसार महिला पुरुष दुवैले प्रतिस्पर्धामा सहभागी भइ छनौट हुने अवसर पाएका थिए ।
कार्यक्रम चरणबद्ध रुपमा भएको थियो । पहिलो चरण जुन १ बाट सप्टेम्वरको ३० तारिखसम्म चलेको थियो । पहिलो चरणमा भाग लिन एसवाई थिममा एउटा भिडियो बनाउनुपर्ने थियो । पहिलो चरणबाट उत्कृष्ट पाँंच सय जनालाई छनौट गरिएको थियो । र साथै हातै खाली नहुने गरी छनौट भएका पाँंच सय जनालाई नै दुई हजार बराबरको एसवाई बजारको सपिंग भौचर प्रदान गरिएको थियो ।
पहिलो चरणबाट छनौटमा पर्न सफल उत्कृष्ट एक सय ५० जनालाई दोश्रो चरणमा लगिएको थियो । त्यसमध्येबाट उत्कृष्ट ५० जनालाई १० हजार बराबरको एसवाई बजारको सपिंग भौचर प्रदान गरिएको थियो ।
दोश्रो चरणबाट छनौट भएका उत्कृष्ट २५ जनालाई फाइनलमा लगिएको थियो । फाइनल अडिसन काठमाडौंमा हिजो भएको थियो ।
अन्तिम उत्कृष्ट छनौट भएका २५ जनालाई तालिमसमेत दिइएको थियो । साथै परीक्षण पनि बिभिन्न चरणमा भएका थिए । फाइनल स्टेजमा उत्रने २५ जनामध्येबाट टाइटल विनर फेस अफ एसवाई छनोट हुने व्यवस्था अनुसार कार्यक्रम भएको थियो । त्ससपछि फष्ट रनर अप, सेकेण्ड रनर अप छनौट भएका हुन् । यस अनुसरा फस्ट रनर अपमा सारा लामा र सेकेण्ड रनर अपमा अपि योन्जन छनौट हुन सफल भए ।
कार्यक्रमबाट टाइटल विनरलार्ई नगद रु ५ लाख पुरस्कारका साथै एक करोड बराबरको एक वर्षको कन्ट्याक्ट गरिएको छ । यसमा शर्तहरु लागू हुने छन् । साथै करकटी गरी रकम प्रदान गरिएको छ ।
प्रतियोगिताबाट उत्कृष्ट फष्ट रनर अपलाई चार लाख नगद पुरस्कार दिइएको छ । उनीसँंग ५० लाख बराबरको कन्ट्याक्ट गरिने छ । सेकेण्ड रनर अपलाई तीन लाख नगद पुरस्कारका साथै उनीसँंग ३० लाख बराबरको कन्ट्याक्ट हुनेछ ।
त्यसपछि बाँंकी उत्कृष्ट सात जनालाई पपुल्यारिटी अवार्डमा दिइएको थियो । उनीहरुलाई प्रति व्यक्ति डेढडेढ लाख (एक लाख ५० हजार) रकम दिइने छ । यस हिसावले यो प्रतियोगितामा पुरस्कारको कुल खर्च मात्रै दुई करोड वढी गएको छ ।
प्रतियोगितामा सहभागीहरुको मूल्यांकनको आधार फरकफरक हुने बनाइएको थियो । पहिलो चरणको मूल्यांकनको आधार लाइकमा १० प्रतिशत, कमेन्टमा २० प्रतिशत, शेयरमा २० प्रतिशत र क्रियटिभिटीमा ५० प्रतिशत हुने बनाइएको थियो । दोश्रो चरणमा पनि लाइक कमेन्ट उही र जुरी (गेष्ट) ले ५० प्रतिशत अंक दिइने बनाइएको थियो । अन्तिम चरणको मूल्यांकनको आधार भने एसएनएस (सोसियल नेटवर्किंग सर्भिस्) बाट ३० प्रतिशत र जजबाट ७० प्रतिशत अंक दिइने व्यवस्था थियो ।
पहिलो र दोश्रो चरण भिडियोमार्फत् डिजिटल अडिसन गरिएको थियो । त्यसपछिको फाइनल चरणमा भने फिजिकल (भोतिक अर्थात् प्रत्यक्ष) उपस्थित अडिसनमाफत् भएको हो ।
प्रतियोगिामा जुनसुकै उमेर समूहका महिला पुरुषले सहभागिता जनाउन पाउने व्यवस्था थियो । सहभागिताका लागि उनीहरुले एसवाई बजार र एसवाई कष्मेटिकको फेसबुक, इन्ष्टाग्राम र टिकटकलाई फलो गर्नुपर्ने थियो । त्यसपछि सहभागी हुन चाहनेहरुले एसवाई प्यानल, एसवाई बजार वा एसवाई कष्टमेटिकको कुनै पनि कम्पनी झल्किने क्रियटिभ भिडियो कन्टेन्ट बनाउनुपर्ने थियो । साथै आफनो कुनै पनि सोसियल मिडिया एकाउन्टमा पोष्ट गर्न सकिने थियो । भिडियो पोष्ट गर्दा सहभागीहरुले अनिवार्य रुपमा एसवाई बजार नेपाल र एसवाई कष्मेटिक नेपाललाई उल्लेख गर्नुपर्ने र (ह्यासट्याग फेस अफ एसवाई) प्रयोग गर्नुपर्ने थियो । सहभागी हुन चाहनेहरुले पोष्ट गरेको भिडियोको लिंकसहित एसवाई कस्मेटिक र एसवाई बजारको पेजको बायोमा जानुपर्ने र त्यसमा गई गुगल फारम भरी निर्देशन अनुसार रजिष्टर गर्नुपर्ने थियो ।
आयोजक एसवाई ग्रुप अफ कम्पनी दक्षिण कोरियामा आधारित मल्टिनेशनल कम्पनी हो । यस कम्पनी अन्तर्गग एसवाई प्यानल नेपाल, एसवाई बजार, एसवाई इन्टरप्राइजेज्लगायतका कम्पनीहरु नेपालमा रहेका छन् ।




















