काठमाडौँ । गायक भुपु लिम्बुको स्वरमा सजिएको नयाँ गीत ‘धानको बाला’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । मौलिक स्वाद र भावनात्मक प्रस्तुतीसहित तयार पारिएको यो गीतले नेपाली माटो, संस्कृति र सम्बन्धको गहिरो अनुभूति बोकेको छ ।
गीतका शब्द डीपी खनालले लेखेका हुन् भने संगीत संयोजन, एरेन्ज तथा मिक्सिङ बादल लिम्बुले गरेका छन् । गीतको रेकर्डिङ मुन्धुम स्टुडियोमा गरिएको हो ।
म्युजिक भिडियोमा गायक स्वयं भुपु लिम्बुसँगै प्रतिना राईको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन अरुण न्यौपानेले गरेका हुन् भने सम्पादनको जिम्मेवारी अनिल रानाले सम्हालेका छन् ।
‘धानको बाला’ले ग्रामीण जीवनको सुगन्ध, प्रेम र संवेदनालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । नयाँ गीत ‘धानको बाला’को म्युजिक भिडियो गायक लिम्बुको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतप्रेमी दर्शक तथा श्रोतालाई यो गीतले फरक अनुभूति दिने अपेक्षा गरिएको छ ।

























