काठमाडौं । बलिउडका प्रतिष्ठित अभिनेता धर्मेन्द्र ८९ वर्षको उमेरमा निधन भएको समाचार आएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनको निधन सोमबार अपराह्न आफ्नै आवासमा भएको हो।
फिल्म निर्माता करण जोहरले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै भनेका छन्, “धर्मेन्द्रको निधनले एक युगको अन्त्य भएको छ … उहाँ भारतीय सिनेमाको इतिहासमा सधैं चम्किरहनुहुनेछ।”
हेमा मालिनी, अमिताभ बच्चन, आमिर खान जस्ता बलिउडका दिग्गज कलाकारहरू दाहसंस्कार स्थलमा पुगेका छन्।
धर्मेन्द्र केही दिनअघि मुम्बइको ब्रिच क्यान्डी अस्पतालमा भेन्टिलेटरमा राखिएका थिए, तर पछि उनलाई डिस्चार्ज गरेर घरमा उपचारका लागि ल्याइएको थियो।
उनले बलिउडमा कारियरभरि ३०० भन्दा बढी फिल्ममा काम गरेका थिए र उनलाई “ही–म्यान” को उपनामले पनि चिनिन्थ्यो।
उनको निधनले हिन्दी सिनेमा (ब्लिउड) मा एक युग साँच्चिकै सकिएको छ।

























