काठमाडौँ । गायिका नितु पौडेलको आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरी ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
काठमाडौँ जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो, र आदेशअनुसार धरौटी रकम जमा गरेपछि उनी छुटेका हुन् भने कुरा प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले पुष्टि गरेका छन्।
नितु पौडेलको मृत्युपछि उनका बाबु रमेशप्रसाद पौडेलले छोरीको हत्या भएको आरोप लगाउँदै गिरीविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी जाहेरी दर्ता गराएका थिए।
अनामनगरस्थित एक स्टुडियोमा नितुले आत्मदाह प्रयास गरेकी थिइन् र पछि कीर्तिपुरस्थित वर्न अस्पतालमा उनको मृत्यु भएको थियो।

























