काठमाडौँ । कार्तिक ६ गते, भाइटिकाको अवसरमा सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘सोल्टिनी’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको ट्रेलरमा अन्तर्जातीय प्रेमकथालाई केन्द्रमा राखिएको छ ।
फिल्मको ट्रेलरले प्रेम, जातीय विभेद र सामाजिक अप्ठ्यारा परिस्थितिहरूबीचको द्वन्द्वलाई प्रभावशाली ढंगले प्रस्तुत गरेको छ । सामाजिक असमानता र पारिवारिक अवरोधबीच अंकुरिएको प्रेमकथा ट्रेलरको मूल विषयवस्तु हो ।
अर्जुन सुवेदीको निर्देशन रहेको फिल्ममा प्रमुख भूमिकामा प्रकाश सपुत र परीक्षा लिम्बु रहेका छन् । उनीहरूसँगै सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेको पनि अभिनय रहेको छ । फिल्मको कथा अर्जुन सुवेदी र कुमार भट्टराईले संयुक्त रूपमा लेखेका हुन् ।
निर्देशक सुवेदीका अनुसार, ‘सोल्टिनी’ जातीय विभेद, अमानवीयता र प्रेममा आउने सामाजिक अवरोधविरुद्धको सशक्त सिने अभिव्यक्ति हो ।

























