काठमाडौँ । धादिङको थाक्रेमा बस र टिपर आपसमा ठोकिँदा ६ जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ ।
पृथ्वी राजमार्गमा पर्ने थाक्रे गाउँपालिका २ बाह्र किलो भन्ने ठाउँमा आज बिहान भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१ ख ३३५ नम्बरको रात्रि बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४२६० ट्रिपर आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पाँच जना सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको र एक गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको बताइएको छ ।

























