काठमाडौं, साउन ३० । गीतकार निरज सापकोटा र संगीतकार तथा गायक उमेश राउतको संयुक्त प्रस्तुतिमा कृष्णभजन ‘वंशी बजाइदेऊ’ सार्वजनिक गरिएको छ ।
भगवान् श्रीकृष्णप्रतिको भक्तिभावमा आधारित यो भजन गायक राउतको आफ्ने च्यानल ‘उमेश राउत’ युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
‘वंशी बजाइदेऊ कृष्ण, वंशी बजाइदेऊ, परमधाम जाने हाम्लाई बाटो देखाइदेऊ’ भन्ने पंक्तिबाट सुरु हुने यस भजनमा कर्म, धर्म र भक्तिको महत्व झल्काइएको छ।
कृष्णप्रतिको शुद्ध प्रेम, जीवनको सही उद्देश्य र सांसारिक लोभ–मोहबाट मुक्त भएर भक्ति मार्गमा अग्रसर हुन प्रेरित गर्ने भावनाले गीत भरिएको छ।
भजनमा श्रीकृष्णका बाल्यकालका लीलाहरू—जस्तै मखन चोर्ने, घैला फोर्ने र द्रौपदीको लाज जोगाएको प्रसंगलाई समेटेर प्रस्तुत गरिएको छ, जसले भक्तजनको मन छोने विश्वास गरिएको छ।
पुरुषोत्तम सुवेदीको संगीत संयोजनमा तयार भएको यो भजन अकोस्टिक नेपाल स्टुडियोमा राजाबाबु थारू र दिल समर्पणले रेकर्ड गरेका हुन्। मिक्सिङ र मास्टरिङ चन्द्र चौधरीले गरेका छन् भने भिडियो सम्पादन र निर्देशन दिपेश गिरीले गरेका हुन्।

























